आश्विन शुक्ल नवमीका दिन मनाइने भक्तपुरको खःमेय् जात्रा सम्पन्न

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

आश्विन शुक्ल नवमीका दिन मनाइने भक्तपुरको परम्परागत ऐतिहासिक तथा साँस्कृतिक खःमेय् जात्रा यस वर्ष आइतबार बिहानै मनाइएको छ ।

भक्तपुरमा प्रत्यके वर्ष आश्विन शुक्ल नवमीका दिन खमे जात्रा मनाइन्छ । कोरोना संक्रमणको जोखिमका कारण फरक ढङ्गबाट जात्रा मनाइएको हो । हरेक वर्ष नवमीका दिन सामान्य रुपमा दिउँसो २ बजेपछि जात्रा सुरु गर्ने गरेकोमा कोरोना संक्रमणको जोखिमका कारण स्थानीयवासीको भीडभाड कम गर्ने उद्देश्यले यस वर्ष नवमीको बिहानै जात्रा सम्पन्न गरिएको भक्तपुर नगरपालिका बडा नम्बर ९ का वडाध्यक्ष रविन्द्र ज्याखूँले जानकारी दिएकाछन् ।

यस वर्ष भीड नियन्त्रण तथा जात्रा व्यवस्थित रुपमा सञ्चालन गर्न सरोकारवाला पक्षसँग छलफल गरेर नवमी कै दिन बिहानै जात्रा गर्ने सहमती पश्चात व्यवस्थित रुपमा जात्रा गरिएको उहाँले जानकारी दिए । त्यस्तै नवदुर्गा द्यःछेबाट रागोलाई विस्तारै निकालेर नगरका विभिन्न भागमा परिक्रमा गराई ब्रम्हायणीस्थित नवदुर्गा मन्दिरमा लगेर भक्तालुहरुलाई भीड नहुने गरी दर्शन गर्न दिइएको उनले बताए ।

त्यस्तै बडा दसैको नवरात्र भरी शक्तिपीठमा भक्तजनहरुको भीड हुने भएका कारण मन्दिर बाहिरबाटै दर्शन गर्ने व्यवस्था मिलाएको उनले बताए । खःमेय्लाई महिषासुर दैत्यको प्रतीकका रूपमा मानी जात्रा मनाइने परम्परा रहेको छ । जात्रामा राक्षसको प्रतिकका रुपमा जाँड खुवाएर मताएको खमे अर्थात राँगालाई लखेट्दै नगरका विभिन्न भागको परिक्रमा गराइ ब्रम्हायणीस्थित नवदुर्गा मन्दिरमा लगेर नवमीको राती नवदुर्गा देवगणले तान्त्रिक विधिबाट पूजाआजा गरी बली दिइने परम्परा रहेको छ । ब्रम्हायणीस्थित नवदुर्गा मन्दिरमा विजयादशमीका दिनपनि मेला लाग्ने गर्दछ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *