आवश्यक मापदण्ड पुरा गरी ट्याक्सी सञ्चालन गर्न दिन सरकारलाई निर्देशन

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

आवश्यक मापदण्ड पुरा गरी ट्याक्सी सञ्चालन गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ । विश्व स्वास्थ्य संगठन सरकारले आफैले तयार पारेको मापदण्ड अनुसार विभिन्न पेशा व्यवसाय सञ्चालन भएको अवस्थामा आवश्यक मापदण्ड पुरा गरी ट्याक्सी सेवा सञ्चालन गर्न समितिले निर्देशन दिएको हो । बुधबार सार्वजनिक यातायात सँग सम्बद्ध सरोकारवालाहरुको छलफलपछि विकास तथा प्रविधि समितिले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयलाई निर्देशन दिएको समिति सभापति कल्याणी कुमारी खड्काले बताइन ।

देशको अर्थतन्त्रलाई चलायमन बनाउन पनि सेवा सञ्चालन गर्नुपर्ने उनले बताइन । उनले भनीन, ‘‘विश्व स्वास्थ्य संगठन, नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कोभिड—१९ क्राइसिस म्यानेजमेन्ट सेन्टरले तयार गरेको मापदण्ड अनुसार लक डाउनको अवधिमा पनि केही पेशा व्यवासाय सञ्चालन गरेकाले सोही मापदण्ड पुरा गरी अर्थतन्त्रलाई चलायमान बनाउन, सर्वसाधारणलाई आवतजावत थप सहजता प्रदान गर्न सार्वजनिक यातायात सम्बद्ध ट्याक्सी यातायात सञ्चालनको व्यवस्था मिलाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिइन्छ ।’’

लक डाउनका कारण चैत ११ गतेबाट सार्वजनिक यातायातहरु बन्द रहेका छन् । समितिमा भएको छलफलमा सार्वजनिक यातायातसँग सम्बद्ध सरोकारवालाहरुले लकडाउनका कारण मजदुरहरुको दैनिकी कष्टकर बनेको, गुजारा चलाउन नसकेपछि आत्महत्या गर्ने अवस्था समेत सिर्जना भएको गुनासो गरेका थिए ।

अहिलेको अवस्थामा बैंकहरुको ऋण तिर्न समेत समस्या भएकोल तर्फ सरकारले ध्यान दिनुपर्ने सरोकारवालाहरुले बताएका छन् । सार्वजनिक यातायात सञ्चालनका लागि मन्त्रालय, सीसीएमसी लगायतका सरोकारवालासँग बिहीबार छलफल गर्ने तयारी समितिले गरेको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *