आलमको बयान सकिएन, भोली पनि हुने

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

राजपुर बमकाण्डको आरोपमा पक्राउ परेका नेपाली काग्रेंसका नेता आफताब आलमको बयान कार्य आज दोश्रो दिन पनि सकिएन । बिहान १० बजे नै अदालत पु¥याइएका आलम को बयान साँझ ४:३० बजे सम्म चलेको थियो ।

जिल्ला अदालत रौतहटको चार नम्बर इजलाशमा आज भएको बयानमा आलमलाई २३ वटा प्रश्न मात्रै सोध्न भ्याइएको थियो । पहिलो दिनको बयानमा मंगलवार आलमलाई ९ वटा प्रश्न सोधिएको थियो । आज समेत गरेर कुल ३२ वटा आलमको बयान भइरहेको छ । न्यायाधिश दिपक ढकालको इजलाशमा आलमलाई मिशिल अनुसार प्रश्न सोध्ने र त्यसको जवाफ लिने कार्य भएको सरकारी वकिल खडिन्द्रराज कटुवालले बताए ।

न्यायधिशले आलमलाई घटना सम्बन्धी मिशिल, घटना भए नभएको, कसरी के भएको र आलम माथि लगाइएको अभियोगको बारेमा प्रश्न सोधेका थिए । आलमले अधिकांश प्रश्नको इन्कारी बयान दिएका थिए । उनले घटना नै नघटेको र आफूलाई झूठो आरोप लगाइएको जवाफ दिएका हुन । प्रहरीले अनुसन्धान गरी मिशिलमा सामेल गरेको अधिकांश प्रमाणहरुको बारेमा पनि आलमको जवाफ इन्कारी नै रहेको थियो ।

आलम माथि लगाइएका तिन मुद्दा मध्ये कर्तव्य ज्यान मुद्दा सम्बन्धी बयान मात्र आज सम्पन्न भएको हो । आलमलाई भोली ज्यान मार्ने उद्योग र बम विस्फोटन सम्बन्धी कसुरका बारेमा प्रश्न सोधिने अधिवक्ता पुष्पराज पौडेलले बताए । बेन्चले मिशिल अध्ययन गर्ने पूर्ण समय नपाएका कारण पनि बयानको क्रम सुस्त भएको अदालतको श्रोतले बताएको छ । गम्भीर प्रकृतिको घटनाको बयान आज दोश्रो दिनमा पनि समापन नभएर तेश्रो दिनका लागी तोकिएकोले अदालती प्रक्रियाको गति बढाउनु पर्ने आवश्यक्ता देखिएको हो । बयान कार्य बाँकी रहेकोले आलमलाई पुनः जिल्ला प्रहरी कार्यालयको हिरासतमा पठाइएको छ ।

पीडित वादीको तर्फ बाट बहसका लागी पूर्व महान्यायधिवक्ता डा. युवराज संग्रौला सहित अधिवता पुष्पराज पौडेल, आशिक राम कार्की रौतहटमा छन भने अधिवक्ता गोविन्द शर्मा बन्दी र ओम प्रकाश अर्याल पनि आउदै गरेको अधिवक्ता कार्कीले जानकारी दिएका छन । प्रतिवादीका तर्फ बाट बहस गर्न कानून व्यवसायि आए पनि वकालतनामा गर्न बाँकी रहेको जिल्ला अदालत रौतहटले जनाएको छ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *