आलमको बयान भोलि पनि जारी रहने

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

कांग्रेस नेता मोहम्मद अफताव आलमको आजको बयान कार्य सकिएको छ । जिल्ला अदालत रौतहटमा बयानका लागी ल्याइएका आलमको बयान आज निकै छोटो समय मात्र हुन सकेको थियो ।
बयानका लागी बिहान १०.३० बजे नै अदालत पु¥याइएका आलमको बयान कार्य भने ३.१५ बजे शुरु भएको थियो । आलमलाई १.१५ बजे जिल्ला न्यायधिश दिपक ढकालको ईजलाशमा लगे पछि उनका पक्षका कानून व्यवसायीले मुद्दाको नक्कल प्रति आफूहरुले नपाएको भने पछि शुरु हुन लागेको बयान कार्य केही बेर रोकिएको थियो ।
आलम पक्षका कानून व्यवसायीले मुद्दाको मिसिलको नक्कल प्राप्त गरे पछि मात्रै आलमको बयान कार्य शुरु भएको थियो । “दिउँसो १ बजे बयान शुरु भए पछि प्रतिवादी पक्षका कानून व्यवसायीहरुले मुद्दाको नक्कल माँग गर्नु भएकोले केही बेर बयान कार्य स्थगित भएको थियो ।” सरकारी वकिल खडिन्द्र राज कटुवालले भने “ त्यस पछि शुरु भएको बयान झण्डै ४५ मिनेट चलेको थियो । ” आलम सँग न्यायधिश ढकालले ९ वटा प्रश्न गरेका थिए । आलमको परिचय तथा कानून व्यवसायी राखे नराखेको सम्बन्धी प्रश्नहरु मात्रै गर्दा अदालतको समय समाप्त भएकोले बाँकी बयान भोली हुने सरकारी वकिल कटुवालले जानकारी दिएका छन ।
आलम लाई जन्मकैदको माग दाबी सहित रौतहट जिल्ला अदालतमा सोमबार मुद्दा दर्ता भएको छ । जिल्ला अदालत रौतहटमा दायर भएको ०७६ सिए ००९५ मुद्दा मा सरकारी वकिल कार्यालयले ३९ पानाको अभियोग पत्र तथा ८७८ पृष्ठको मुद्दा मिशिल दर्ता गराएको हो । जसमा आलमलाई सर्वस्वसहित जन्मकैद वा आजीवन काराबासको सजायँ मागदाबी प्रहरीले गरेको छ । मुद्दामा आलम सहित एघार जनालाई प्रतिवादी बनाइएको छ । प्रहरीले आलमलाई विष्फोटक पदार्थ बम समेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यान सम्बन्धी कसुर गरी तिन अभियोग लगाउदै मुद्दा दर्ता गराएको हो ।
जाहेरवालाको तर्फ बाट अधिवक्ता पुष्पराज पौडेल र आशिक राम कार्की आज जिल्ला अदालत आएका थिए । पीडितको पक्षबाट निशुल्क रुपमा वकालत गर्न झण्डै १२ जना कानून व्यवसायीहरु काठमाण्डौ लगाएतका स्थानबाट रौतहट आएका छन भने प्रतिवादी आलमको पक्ष बाट पनि रौतहट बाहिर बाट कानून व्यवसायीहरु आउन लागेका छन ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *