आर्थिक कुटनीति मुख्य प्राथमिकतामा राख्दै परराष्ट्र नीति २०७७ तयार हुदै

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

परराष्ट्र्रमन्त्री प्रदीप ज्ञवालीले देशको हितको लागि अन्तर्राष्ट्रिय समुदायशीत छलफल, आर्थिक कुटनीति मुख्य प्राथमिकतामा राख्दै परराष्ट्र नीति २०७७ तयार गर्न खोजिएको बताएकाछन् ।

सिंहदरबारमा आइतबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा मन्त्री ज्ञवालीले परराष्ट्र नीति आन्तरिक नीतिको विस्तारित रुप भएको समेत बताए । बहुपक्षीय सम्बन्ध अगाडि बढाउने, शान्तिलाई अगाडि बढाउने यसका लागि निशस्त्रीकरण गर्ने यसका लागि विश्व समुदायसँग समन्वय गरेर जाने गरी नीति तय गरिएको उनले जानकारी दिए । नितिलाई राम्रो बनाउदै लगानी भित्र्याउने पर्यटन बढाउने निर्यात व्यापार प्रवर्द्धन गर्न सक्ने गरी परराष्ट्र नीति तय गरिएको उनले बताए । उनले मुलुकको राष्ट्रिय प्राथमिकता बदलिएको खण्डमा यो नीति परिवर्तन हुनसक्ने तर्क गरे । त्यस्तै सांसदहरुको जिज्ञासामा मन्त्री ज्ञवालीले म्यानमारका बिषयमा नेपाल सरकार मौन नरहेको भन्दै आवश्यक वक्तव्य जारी गरिएको पनी जानकारी दिए ।

बैठकमा नेकपा (एमाले) का वरिष्ठ नेता तथा सांसद माधवकुमार नेपालले पर्याप्त छलफल र अध्ययन गरेर मात्र सुरक्षा र परराष्ट्र नीति बनाउनुपर्ने बताए । कतिपय देशमा अरु विषयमा दलहरूबीच मतभेद भए पनि परराष्ट्र र सुरक्षाको विषयमा एक मत हुने भन्दै उनले सबै पार्टीले अपनत्व लिने गरी नीति बनाउनुपर्नेमा जोड दिए ।

त्यस्तै कांग्रेसकी सांसद पुष्पा भुषालले परराष्ट्र र सुरक्षा नीति कुनै पार्टीको विषय नभई मुलुककै विषय भएको बताइन । परराष्ट्र नीतिका बिषयमा सवैदलहरुको सुझाव आवश्यक रहेको उनले बताइन ।

बैठकमा परराष्ट्र नीति २०७७ का विषयमा छलफल भएको थियो ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *