आयल निगमका ९ कर्मचारीसहित १६ जनामा कोरोना संक्रमण पुष्टि

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

नेपाल आयल निगमको अमलेखगंजस्थित क्षेत्रीय डिपोमा कार्यरत कर्मचारीसहित बारामा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा निगममा कार्यरत ९ जना कर्मचारी र अन्य सातजना अमलेखगंजका स्थानीय रहेका छन् ।जीतपुरसिमरा उपमहानगरपालिका २१ का वडाअध्यक्ष कृष्णबहादुर ठकुरीका अनुसार निगमको प्रशासन र सरसफाइ क्षेत्रमा कार्यरत कर्मचारीमा संक्रमण पुष्टि भएको हो ।

जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि अमलेखगंजमा शनिवार ८१ जनाको स्वाब संकलन गरि परिक्षणका लागि वीरगंज पठाइएको थियो ।संक्रमित कर्मचारीमध्ये तीनजना वीरगंज, तीनजना अमलेखगंज र बाँकी अन्य स्थानका छन् । यसैगरी संक्रमित हुने अन्य सात स्थानियमा इन्धन ढुवानी गर्ने ट्यांकरका चालक समेत छन् । वडाअध्यक्ष ठकुरीका अनुसार संक्रमित कर्मचारीलाई निगमले स्थानिय होटलमा आइशोलेट गर्ने तयारी गरेको छ । कर्मचारीलाई निगमले आफ्नै खर्चमा होटलमा राख्ने भएको छ । ट्यांकर चालकको विषयमा भने चालक संघले निगमसँग समन्वय गरिरहेको वडाअध्यक्ष ठकुरीले बताए।

योसँगै बारामा संक्रमितको संख्या ६ सय एक पुगेको छ । बाराका प्रहरी प्रवक्ता डिएसपी गौतम मिश्रका अनुसार आइतबारसम्म संक्रमितको संख्या पाँच सय ८५ रहेको थियो । कोरोना संक्रमणबाट बारामा हालसम्म १० जनाको मृत्यु भइसकेको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *