आमादब्लम हिमाल आरोहण गर्न कतारका राजकुमार सोलुखुम्बुमा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

सोलुखुम्बुमा रहेको आमादब्लम हिमाल आरोहण गर्न कतारका राजकुमार शेख मोहमद विन अब्दुल्ला आधार शिविर पुगेका छन ।
केही दिनअघि नेपाल आएका राजकुमार शेख मोहम्मदसहित १४ सदस्यीय टोली आमादब्लम हिमालको आधार शिविर पुगेको हो । विश्वको सुन्दर तर आरोहणका लागि कठिन मानिने आमादब्लम हिमाल आरोहणका लागि कतारका राजकुमारसहित अमेरिकन र क्यानेडियनको टोली आधार शिविर पुगेको हो ।

अहिले आरोहणको लागि डोरी फिक्सिङको काम भइरहको र मौसमले साथ दिएमा राजकुमार सहितको टोलीले दुई हप्ताभित्र आरोहण सकेर काठमाडौँ फर्किने हिमालयन गाइड्स नेपालले जनाएको छ । अन्यभन्दा कमै आरोहण हुने छ हजार ८ सय १२ मिटर उचाइको आमादब्लम हिमालमा पहिलो पटक सन् १९६१ मा आरोहण भएको थियो ।

यसअघि बहराइनका राजकुमार मोहम्मद हमद मोहम्मद अल खलिफा नेतृत्वको टोलीले सोलुखुम्बुको छ हजार १ सय १९ मिटर अग्लो लोबुचे हिमाल र आठ हजार १ सय ५६ मिटर अग्लो मनास्लु हिमाल आरोहण गरेको थियो ।

टोलीमा राजकुमार अब्दुल्लासहित अमेरीकन, क्यानेडियन गरी छ जना विदेसी र ११ जना नेपाली गरी १६ जना छन् ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *