आमाछोरीको हत्यामा सग्लनरहेको आरोपमा पक्राउ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

उदयपुरको त्रियुगा नगरपालिका, ९ चौकीबारीका दुई आमाछोरीको हत्यामा सग्लनलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । हत्यामा सग्लन सिरहाको लहान घर भइ हाल त्रियुगा नगरपालिका ३ मोतिगडामा बस्ने ४० वर्षिय रामहरी साहलाई सार्वजनिक गरेको हो । साहले मृतक महिलासँग आफ्नो लामो समयदेखि प्रेम सम्वन्ध रहेको तर विहे गर्न अस्वीकार गरेका कारण हत्या गरेको बयान प्रहरीमा दिएका छन् ।

घटनाको छ दिनभित्रै प्रहरीले दोषिलाई पक्राउ गरेर सार्वजनिक गरेको हो । साहले असोज २४ गते राती चौकीबारीका २८ वर्षिया गोमा भनिने सारदाकुमारी चौधरी र उनकी ६ वर्षिया छोरी रचनाको हत्या गरेका थिए । चौधरी आमाछोरीको शब २५ गते विहान घरमा घाँटी रेटीएको अवस्थामा फेला परेको थियो ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *