आफ्नो मास्टरप्लाने लोडसेडिङ अन्त्य भएको उर्जामन्त्री रायमाझीको दावी :विद्युत खेर जानेमा चिन्ता व्यक्त

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

 

उर्जा तथा जलस्रोत मन्त्री टोपबहादुर रायमाझीले नेपालमा अहिले विद्युतको अभाव नभएको भन्दै उत्पादन बढेकाले खपत कसरी गर्ने भन्ने समस्या रहेको बताएकाछन् ।

रिपोटर्स क्लब नेपालले बुधबार काठमाडौंमा गरेको साक्षात्कारमा उनले लोडसेडिङ्ग हुने कुनै सम्भावना नै नरहेको पनि बताएकाछन् । उनले अहिले प्रयाप्त बिजुली उत्पादन भइरहेको जानकारी दिएकाछन् ।

नेपाल लोडसेडिङमुक्त हुनुमा अघिल्लोपटक आफू मन्त्री हुँदा बनाएको मास्टरप्लानले भुमिका खेलेको रायमाझीको दावी छ ।मास्टरप्लान बनाउँदा त्यसबेला कुलमान घिसिङलाई पनि समितिमा समेटेर बनाएको उनले दावी गरे ।

अहिलेको आफ्नो चुनौति धेरै भएको विजुली कसरी खपत गर्ने भन्ने रहेको भन्दै मन्त्री रायमाझीले आगामी भदौसम्म ५ सय मेघावाट विजुली धेरै भएर खेर जाने अवस्था रहेको जानकारी दिए ।

उनले नेपाल भारतबीचको सम्बन्ध सुधारका लागि परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीको भारत भ्रमण फलदायी हुने धारणा राखेकाछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *