आफ्नो प्रतिबद्धता अनुसार नया ब्यवसायमा लगानी गर्न तयार : उपाध्यक्ष चन्द्र प्रसाद ढकाल

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष चन्द्र प्रसाद ढकालले बागलुङ जिल्लामा आफुले प्रतिबद्धता गरे अनुसारको नयाँ ब्यबसायमा लगानी गर्न तयार रहेको बताए ।

बागलुङ उद्योग बाणिज्य संघको ५६ औ साधारणसभाको मंगलबार बागलुङमा उद्घाटन गर्दै नेपाल उद्योग बाणिज्य महासंघको नेतृत्वमा आएपछि ब्यबसायीक हितको लागि बागलुङका ब्यबसायी संग मिलेर काम गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

नेपाल उद्योग बाणिज्य महासंघको निर्वाचनमा आफुलाइ बागलुङ उद्योग बाणिज्य संघले बरिस्ठ उपाध्यक्षमा प्रस्ताव गरेपछि आफु निर्वाचनको अभियानमा लागेको उपाध्यक्ष ढकालले बताए ।बागलुङ जिल्ला निवासी ब्यबसायी ढकाललाई निर्वाचन जिताउन सहयोग र समर्थन गरेको बागलुङ उद्योग बाणिज्य संघका निर्वतमान अध्यक्ष जयराम भारीले बताए ।

नेपाल उद्योग बाणिज्य महासंघको बरिस्ठ उपाध्यक्षमा निर्वाचित गराउन आफुहरू लागि परेको पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष केदार शर्माले बताए । बागलुङ जिल्ला निवासी नेपालका चर्चित ब्यबसायी चन्द्र ढकाल यसपटक नेपाल उद्योग बाणिज्य महासंघको बरिष्ठ उपाध्यक्षमा उमेदवारि घोषणा गरि सकेका छन ।ढकाललाई बागलुङ उद्योग बाणिज्य संघले नेपाल उद्योग बाणिज्य संघको बरिस्ठ उपाध्यक्षको लागि प्रस्ताव गरेर समर्थन गरेको छ ।

साधारणसभामा बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष युवराज राजभण्डारीले उद्योग बाणिज्य संघले जिल्लामा ब्यबसायीक हकहितको लागि काम गर्न खोजेपनि आर्थिक अभावले काम गर्न नसकेको बताए ।ब्यबसायीले स्थानीय तहमा ब्यबसायीक कर बुझाए पनि बागलुङ नगरपालिकाले दिनुपर्ने ३०प्रतिशत रकम नदिदा समस्या भएको अध्यक्ष राजभण्डारीले बताए । कार्यक्रममा धौलागिरी बहुमुखि क्याम्पसमा अध्ययनरत १ जना बिद्यार्थीहरुलाई नगद पाच हजार रुपैया नगद सहित प्रमाण पत्र प्रदान गरिएको थियो ।

भने संघलाई आर्थिक रुपमा सहयोग गर्ने व्यवसायीहरुलाई समेत सम्मान गरिएको थियो । नेपाल उद्योग बाणिज्य महासघंको केन्द्रिय महाधिबेशन पनि भएको कारणले ढकाललको समर्थनमा गण्डकी प्रदेशका प्रदेश अन्र्तगतका उद्योग बाणिज्य संघका अध्यक्ष,केन्द्रिय सदस्यहरुको बाक्लो उपस्थिति रहेको थियो ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *