आफै अपहरणमा परेको नाटक गर्ने खत्री पक्राउ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

आफु अपहरणमा परेको नाटक गरेका सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका ४, सानोपलातिका जीवन खत्री पक्राउ परेका छन् । साउन १३ राति करिब १ बजे मादक पदार्थ सेवन गरि घरबाट निस्केका खत्रीले सोही दिन चार पाँच जना ब्यक्ति ले मलाई अपहरण गरे भनी श्रीमतीलाई फोन गरि मोबाइल अफ गरेका थिए ।

खोजतलास रको क्रममा उनलाई १४ गते साँझ सुनकोसी गाँउपालिका ५ स्थित आफ्नै फुपुको घरबाट पक्राउ परेका हुन् ।

कहिल्यै ऋणमा नपरेको आफु कुखुरापालन व्यवसायबाट ३र४ लाख रूपैयाँ ऋण लागेको र आत्तीएर यस्तो गरेको उनले बताएका छन् । श्रीमतीलाई सुन बेचेर ऋण तिर्ने सल्लाह गर्दा उनले नमानेपछि श्रीमतीलाई घुर्काउन यस्तो गरेको उनले बताएका छन् । श्रीमतीलाई सामान्य रुपमा घुर्काउन खोज्दा यस्तो अवस्था आउला भन्ने बारे कल्पना नै नगरेको उनले बताए ।

आफैलाइ अपहरण गरेको नाटक गरेको खत्रीलाई अभद्र व्यवहार सम्बन्धि मुद्दा चलाईने जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक प्रज्जल महर्जनले बताए । सो मुद्दामा ६ महिनासम्म कैद हुने व्यवस्था छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *