आफु खुसीे जथाभावी अक्सिजनको प्रयोग घातक :चिकित्सक

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

पछिल्लो समय घरमा आइसोलेन बसेका कोरोना संक्रमितलाई श्वासप्रश्वासमा समस्या देखिएमा घरमै अक्जिन लगाउने क्रम बढेको छ । तर आफु खुसीे जथाभावी अक्सिजनको प्रयोग घातक हुने चिकित्सकहरु बताउँछन् ।

कोरोना संक्रमितको संख्या बढेसंगै अस्पतालहरुमा शैया तथा अक्सिजन अभाव देखिन थालको छ । जसका कारण अहिले घरमै आइसोलेसनमा बस्ने कोरोना संक्रमितको संख्या ठुलो छ । साथै कोरोना संक्रमितलाई श्वासप्रश्वासमा समस्या देखिएमा समेत घरमा नै अक्सिजन लगाउनेको क्रम अहिले बढेको छ । तर यसरी चिकित्सकको परार्मश तथा निगरानी बिना जथाभावी अक्जिनको प्रयोगले स्वास्थ्यमा नकारात्मक असर पुग्ने चिकित्सकहरु बताउँछन् ।

कतिपय कोरोना संक्रमितमा निमोनियाको समस्या देखिने र यस्ता विरामीलाई श्वासप्रश्वासमा समस्या भई अक्सिजनको स्तर समेत घटने गरेकोे छ । यस्तो अवस्थामा चिकित्सको सल्लाह विना कतिपयले अक्जिसनको प्रयोग गरेको देखिएको छ । तर अक्सिजनको मात्र नमिले विरामीलाई खतरा हुनुका साथै अक्सिजन सिलिन्डर घरमा थुप्रिदा सिकिस्त विरामीका लागि अक्सिजन अभाव समेत हुने गरेको चिकित्सकहरुको भनाई छ ।

हाल देखिएको कोरोनाको नयाँ प्रजाती विगतको तुलनामा बढी खतरनाक रहेको छ । यसले संक्रमितको अवस्था छिटै जटिल बनाउने र कतिपय विरामीलाई तत्काल अक्सिजनको अवस्यक्ता परेको देखिएको छ । जसका कारण अहिले अक्सिजन अभाव हुन थालेको छ । तर अक्सिजनको अभाव हुना साथ घरमा किनेर लग्ने प्रवृतिले एकातिर अक्सिजन आवश्यक पर्ने बिरामीले अक्जिजन नपाएर ज्यान गुमाउनु परेको छ भने अर्को तर्फ जथाभावी अक्जिनको प्रयोग गर्दा स्वास्थ्यमा नकारात्मक असर समेत पुगेको छ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *