आधुनिक सिप प्रविधिको प्रयोग गरेर यसरी बडाउन सकिन्छ आम्दानी

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

स्थानिय तथा परम्परागत प्रविधि र सिपको प्रयोग तथा उपयोग गरी खेति गरेका कृषक हरुले आधुनिक सिप प्रविधिको प्रयोग गरेर यतिखेर राम्रो आम्दानी लिन सफल भएका छन् ।

निर्वाह मुखि खेति गरेका कृषकहरुलाइ आर्थिकरुपमा बलियो बनाउन प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाले आर्थिक प्राविधिक सहयोग गरेकाका कारण व्यवसायिक कृषकहरुले व्यवसायिक सफलता प्राप्त गरेका हुन् ।
स्वदेशी सोच विदेशी लगानी र आन्तरिक सस्थागत जनशक्ती बाट तयार भएको कृषि बिकाश रणनैतिक कायन्वयनका लागि सहयोगी परियोजनाले व्यवसायीक तरकारी खेति सामुहिक खेतिका लागि परियोजनाले सहयोग पु¥याएको छ । परियोजना संग आवद्ध कृषक दिल बहादुर थापा नया प्रविधिको प्रयोग गरी खेति गर्न लागेपछि कम लगानी र कम श्रमिकको प्रयोगबाटै राम्रो आम्दानी लिन सफल भएका छन्।

परियोजनाले आर्थिक वर्ष २०७६÷ २०७७ कोअवधिमा विभिन्न कृषक समुहलाइ ३९लाखलाइ ९ हजार ८ सय ५३ रुपैया अनुदान वापतको रुपैया सहयोग गरेको छ । परियोजनाका प्रमुख दिपक भट्राइ कृषकहरुलाइ दक्ष बनाउदै प्रविधिमा यन्त्रीकरण प्रयोग बाट मौसमी तथा बेमौसमी तरकारी खेतिका लागि सहयोग पु¥याउदै आएको बताउछन ।

कृषि ज्ञान केन्द्रका प्रमुख शिव प्रसाद अर्याल पनि आगामि दिनमा परियोजना संग समन्वय गरी उत्पादित बस्तुको बजारीकरण , ढुवानीका लागि कार्यक्रम तयार गरी कार्यन्वयन गर्ने प्रतिवद्धता व्यक्त गर्छन । स्थानिय सरकार परियोजना कृषि ज्ञान केन्द्र बिच समन्वय गरी अगाडि बढेको खण्डमा कृषकहरु आर्थिक रुपमा सवल र सक्षम बन्ने देखिन्छन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *