आक्रामक बन्दै कांग्रेश,संसदको विशेष अधिवेशन माग गर्ने निष्कर्ष

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

काँग्रेस सभापति शेरबहादुर देउवालाई पार्टीभित्रैबाट सरकारसँग मिलेमतो गरेको आरोप लागेपछि सरकारविरुद्ध आक्रामक ढंगले प्रस्तुत हुने रणनीतिमा काँग्रेस पुगेको छ । यसले सदन र सडकबाट सरकारका गलत कदमको प्रतिवाद गर्ने निर्णय गरेको छ ।

काँग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बुधबार बिहान बसेको संस्थापन पक्षीय शीर्ष नेताको बैठकले संसदको विशेष अधिवेशन माग गर्ने निष्कर्ष निकालेको हो । देउवा निवासमा उपसभापतिद्वय विमलेन्द्र निधि, विजयकुमार गच्छदार, महामन्त्री पूर्णबहादुर खड्का, सहमहामन्त्री प्रकाशशरण महत लगायतका नेताबीच भएको छलफलले सदन र सडकबाट सरकारका गलत कदमको प्रतिवाद गर्ने गरी केन्द्रीय समितिबाट निर्णय गराउने सहमति गरेको छ । बैठकले असोज १९ गतेको केन्द्रीय कार्यसमिति र संसदीय दलको बैठक बोलाएर संसदको विशेष अधिवेशन माग गर्ने निर्णय लिने छलफलको निष्कर्ष छ ।

काँग्रेस सभापति देउवालाई पार्टीभित्रैबाट सरकारसँग मिलेमतो गरेरको आरोप लाग्दै आएको छ । संसदको विशेष अधिवेशन बोलाउन संसदको सदस्यको २५ प्रतिशत सदस्यहरु आवश्यक पर्छ । काँग्रेससँग २२ प्रतिशत सांसद मात्र छन् । त्यसका लागि जनता समाजवादी पार्टीसँग छलफल गरेर जाने काँग्रेसको तयारी छ । गत आसार १८ गते प्रधानमन्त्री केपी ओलीले आफ्नै पार्टी नेकपामा अल्पमतमा परेपछि संसदको अधिवेशन अन्त्यका लागि राष्ट्रपतिलाई सिफारिस गरेका थिए । राष्ट्रपतिले पनि त्यही दिन मन्त्रिपरिषदको सिफारिस अनुमोदन गरी संसदलाई अधिवेशन अन्त्य भएको जानकारी गराएकी थिइन् ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *