आउँदो असारभित्र मेलम्चीको पानी काठमाडौं पुर्याउने दावी

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

सरकारले आउँदो असारभित्र मेलम्चीको पानी काठमाडौं पुर्याउने दावी गरेको छ । बिहीबार खानेपानी तथा सरसफाई मन्त्रालययले मेलम्ची खानेपानी आयोजनाको स्वेतपत्र जारी गर्दै सो दावी गरेको हो । मन्त्रालयले आउँदो असार मसान्तभित्र दैनिक १७ करोड लिटर पानी काठमाडौंमा ल्याउने बताएको छ । चिनियाँ कम्पनी सिनो हाइड्रोले निर्माणको जिम्मेवारी पाएपछि काम तीब्रता आएको मन्त्रालयको दाबी छ ।

मन्त्रालयले हालसम्म ९४ प्रतिशत भौतिक प्रगति भएको र २७ अर्ब ९४ करोड खर्च भइसकेको जानकारी समेत दिएको छ । सुन्दरीजल पोर्टलदेखि पानी प्रशोधन केन्द्र तथा बागमती नदीसम्मको आयोजनाको काम पनि असारभित्रै सक्ने बताईएको छ । इटालियन कम्पनी सीएमसीले आयोजना छाडेर भागेपछि सरकारले आयोजना निर्माणको जिम्मा चिनियाँ कम्पनी सिनो हाइड्रोलाई दिएको थियो । सीएमसी कम्पनीले स्थानीय श्रमिक तथा सहायक निर्माण कम्पनिको भुक्तानी नदिएका कारण धेरै समस्या र अवरोध खेप्नुपरेको मन्त्रालयले जनाएको छ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *