आईपीएल स् राजस्थानलाई ८ विकेटले हराउँदै बेङ्ग्लोर तालिकाको शीर्ष स्थानमा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा रोयल च्यालेञ्जर्स बेङ्ग्लोरले राजस्थान रोयल्सलाई ८ विकेटले हराएको छ । शेख जायद स्टेडियम आबुधाबीमा राजस्थानले दिएको एक सय ५५ रनको लक्ष्य बेङ्ग्लोरले पाँच बल बाँकी छँदै मात्र २ विकेट गुमाएर भेट्टायो । बेङ्ग्लोरको जितमा कप्तान विराट कोहलीले नटआउट ७२ रन बनाए भने देवदत्त पडिक्कलले ६३ रन बनाए ।

यसअघि पहिले ब्याटिङ गरको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर एक सय ५४ रन बनायो । राजस्थानका महिपाल लोमरोरले सर्वाधिक ४७ रन बनाए । राजस्थानलाई मध्यम स्कोरमा समेट्न बेङ्ग्लोरका यजुवेन्द्र चाहलले तीन विकेट लिए । शनिबारको जितसँगै बेङ्ग्लोर ६ अंकसहित तालिकाको शीर्ष स्थानमा छ, चार खेलमा चार अंक जोडेको राजस्थान छैठौं स्थानमा झरेको छ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *