आईपीएलः चेन्नईविरुद्ध टस जितेर हैदरावादले ब्याटिङ रोज्यो

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

दुबईमा भएको टसमा हैदराबादका कप्तान डेभिड वार्नरले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । यता चेन्नईका कप्तान महेन्द्र सिंह धोनीले टोलीमा तीन परिवर्तन गरेका छन् । आम्बाती रायुडू, ड्वेन ब्राभो र शार्दुल ठाकुरलाई मौका दिएको छ । जोश हेजलवुड, रुतुराज गायकवाड र मुरली विजयको स्थानमा यी तीन खेलाडीलाई मौका दिएको हो ।

रायुडूको आगमनले चेन्नईको ब्याटिङ बलियो बन्ने छ । पछिल्लो दुई खेल रायुडुले चोटका कारण गुमाएका थिए । ब्राभो भने जारी सिजनमा पहिलो खेल खेल्दै छन् । तीव्र गतिका बलर जोश हेजलवुको स्थानमा ब्राभोले मौका पाएका छन् । ठाकुर र रायुडूले टोलीमा मौका पाउँदा ओपनर मुरली विजय र मध्यक्रमका रुतुराज गायकवाडलाई बेन्चमा राखेको छ । हैदराबादले भने टोलीमा परिवर्तन गरेको छैन ।

चेन्नईले पहिलो खेलमा मुम्बई इन्डियन्सलाई ५ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको थियो । राजस्थान रोयल्ससँग १६ रन र दिल्ली क्यापिटल्ससँग ४४ रनले पराजित भएको चेन्नई चौथो खेलमा भने जित निकाल्न चाहन्छ । चेन्नईले हालसम्म आइपिएल इतिहासमा सुरुवाती तीनमध्य दुई खेल हारेको थिएन ।

यता हैदराबाद सुरुवाती दुवै खेलमा पराजित हुन पुगेको थियो । पहिलो खेलमा रोयल च्यालेन्जर्स बेंगलोरसँग १० रनले पराजित हुँदा कोलकाता नाइट राइडर्ससँग ७ विकेटको हार बेहोरेको थियो । तर तेस्रो खेलमा दिल्लीलाई १५ रनले हराउँदै हैदराबादले पहिलो जित हात पारेको थियो ।आइपिएलमा चेन्नई र हैदराबादबीच कुल १२ खेल भएका छन् । जसमा चेन्नई ९ खेलमा विजयी हुँदा ३ खेलमा पराजित भएको छ ।

हैदराबादको प्लेइङ ११ – डेभिड वार्नर कप्तान, जोनी बेयरस्टो विकेटकिपर, मनिष पान्डे, अब्दुल साम्सद, प्रियम गर्ग, अभिषेक शर्मा, केन विलियम्सन, राशिद खान, भुवनेश्वर कुमार, टि नटराजन र खलिल अहमद ।

चेन्नई प्लेइङ ११ – अम्बाती रायुडू, शेन वाटसन, फाफ डु प्लेसिस, शार्दुल ठाकुर, केदार जाधव, महेन्द्र सिंह धोनी कप्तान तथा विकेटकिपर, रविन्द्र जडेजा, साम करन, दीपक चहर, पियुष चवला र ड्वेन ब्राभो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *