आईएमई ग्रुपका अध्यक्ष ढकाललाई एसियन लिडरशिप अवार्डु द्वारा सम्मान

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

काठमाण्डौ -आईएमई ग्रुपका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष चन्द्रप्रसाद ढकाल ‘एसियन लिडरशिप अवार्ड’ बाट सम्मानित भएका छन ।

एसियाली व्यवस्थान सङ्घहरुको साझा संस्था एसियन एसोसियशन अफ् म्यानेजमेन्ट अर्गनाइजेशन आमो र नेपाल व्यवस्थापन सङ्घद्धारा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले ढकाललाई सम्मान पत्र हस्तान्तरण गरेका हुन।

राष्ट्रिय उद्यमशीलताको विकास गरेर नेतृत्वदायी भूमिका निभएको र देशको आर्थिक विकासमा व्यवसायको माध्यमबाट महत्वपूर्ण योगदान पुर्‍याएका कुशल व्यवस्थापकलाई यो अवार्डबाट सम्मानित गर्ने गरिन्छ ।

सन् २०२० का लागि नेपालबाट ढकाललाई यो अवार्ड प्रदान गरिएको हो । ढकालको कुशल, सफल र प्रेरणादायी नेतृत्वका लागि अवार्ड प्रदान गरिएको संस्थाले जानकारी दिएको छ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *