आइतबार थप १५७३ जनामा कोरोना संक्रमण पुष्टि,१० जनाको मृत्यु

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

नेपालमा आइतबार थप १५७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा ५२४ महिला र १०४९ पुरुष गरि थप १५७३ जनामा कोरोना पुष्टि भएको हो ।

आइतबार काठमाडौं उपत्यकामा थप ८०९ जनामा कोरोना देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा २३० महिला र ४०३ पुरुष गरि ६३३ जना, भक्तपुरमा २१ महिला र ५१ पुरुष गरि ७१ जना र ललितपुरमा ४३ महिला र ६१ पुरुष गरि १०४ जना रहेका छन् । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ७३३९४ पुगेको छ ।

त्यस्तै कोरोनाका कारण नेपालमा थप १० जनाको मृत्यु भएको छ । यो संगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४७७ पुगेको छ ।

हाल सक्रिय संक्रमितको संख्या १९०१९ जना रहेका छन् । आइतबार ८८५ जना डिष्चार्ज भएका छन् । यो संगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ५३८९८ जना पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

हाल क्वारेन्टाइनमा ६२८१ जना रहेका छन् । त्यस्तै होम आइशोलेशनमा १०,६९८ जना रहेका छन् भने संस्थागत आइशोलेशनमा ८३२१ जना रहेका छन् । त्यस्तै हालसम्म ९ लाख ८८ हजार ३२७ वटा पिसिआर भएको मन्त्रालयले जनाएको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *