आइतबारदेखि ४ दिनसम्म मनसुन फेरि सक्रिय हुने, सतर्क रहन आग्रह

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

मुलुकका अधिकांश स्थानमा आइतबारदेखि ४ दिनसम्म मनसुन फेरी सक्रिय हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । कर्णाली र सुदुरपश्चिम प्रदेशमा अन्य प्रदेशको तुलनामा कम क्षेत्र प्रभावित हुने भएपनि भारी वर्षा भई बाढीपहिरोको जोखिम सबै प्रदेशमा रहेको विभागले जनाएको हो ।

साउन ५ देखि ८ गतेसम्म प्रदेश १, २, बागमती र गण्डकीका ठूला र साना नदी तथा तिनका सहायक नदीमा जलस्तर उल्लेख्य बढ्ने विभागद्वारा जारी सुचनामा उल्लेख गरिएको छ । पहाड, चुरे क्षेत्र तथा तराई भएर बग्ने स–साना नदी नालाहरुमा साउन ९ गतेसम्म आकस्मिक बहाव हुने सम्भावना रहेकाले आवश्यक पूर्वतयारी तथा विषेश सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

साउन ५ देखि तीन दिन तिनाउ, राप्ती, बबई, भेरी, सेती र यसका सहायक नदीहरुमा समेत बहाव बढ्ने भन्दै तटीय क्षेत्रमा बसोबास गर्नेलाई सतर्कता अपनाउन आग्रह गरिएको छ । यसअघि साउन २५ देखि २९ गतेसम्म मुलुकका बिभिन्न क्षेत्रमा भीषण वर्षा भएको थियो । असार माहिनाको बाढी पहिरोमा १ सय भन्दा बढीले ज्यान गुमाईसकेकाछन् । ४५ जना अझै बेपत्ता रहेका छन् ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *