आँखामा खुर्सानीको धुलो छर्केर ५० लाख लुट्ने नुवाकोटका तामाङसहित ६ जना पक्राउ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं : पूर्व सैनिक बच्चुराम गुरुङबाट पचास लाख लुटेर फरार भएका ६ जना लुटेरालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ।

पक्राउ पर्नेमा नुवाकोट दुप्चेश्वर गाउपालिका ६ कटजुनका ३० वर्षीय नकुर तामाङ, दाङ पुरन्धारा वडा ९ का ३८ वर्षीय वेदबहादुर भनिने भीमबहादुर घर्तीमगर, रसुवा आमाछोदिङ्मो गाउपालिका ५ गोलजुङका ३८ वर्षे दावाछिरिङ तामाङ, रामेछाप मन्थली नगरपालिका वडा ९ का ३६ वर्षे कुमारबहादुर बुढाथोकी, रसुवा उत्तरगया गाउँपालिका वडा ३ खड्कुका ३६ वर्षे तेन्जिङबहादुर तामाङ र रसुवा उत्तरगया गाउँपालिका वडा २ खड्कुका २८ वर्षे संजित वाइबा रहेका छन्।

उनीहरुले शुक्रवार बिहान ९ बजेतिर ‘चम्किने ढुङ्गा’ किन्न भन्दै उनी काभ्रेस्थली पुगेका गुरुङको पैसा लुटेका थिए।

शुक्रवार बिहान लुटेको पैसाबाट लुटेराहरुले २४ घन्टाभित्रै पल्सर बाइक, ७७ हजार रुपैयाँको औंठी किनेको पाइएको प्रहरीले जनाएको छ। उनीहरुले आफूले ऋण लिएको फाइनान्सको किस्तासमेत तिर्न भ्याएको खुलेको महनगरीय अपराध महाशाखा टेकुका एसपी मुकेश कुमार सिंहले बताए।

लुटेराले बच्चुरामलाई खुकुरी, फलामको लठ्ठी देखाई आँखामा खुर्सानीको धुलो छर्केर लुटेको खुलेको छ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *