अहिलेसम्मकै सबैभन्दा धेरै कमाउने फिल्मको टप टेनमा ‘वार’ ,कुन फिल्मले कती कमाए हेर्नुस

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

एजेन्सी, बलिउड फिल्म ‘वार’ भारतीय बक्स अफिसमा एक पछि अर्को नयाँ रेकर्ड राख्ने क्रममा छ। कमाईको मामलामा दुई बलिउड सुपरस्टार ऋतिक रोशन र टाइगर श्राफको फिल्म ‘वार’ अभिनेता शाहिद कपूर स्टारर फिल्म ‘कबीर सिंह’ भन्दा अगाडि निस्किएको छ । रिलिजको दोस्रो हप्तामा पनि यो फिल्मले बक्सअफिसमा राम्रो व्यापार गरिरहेको छ । फिल्म प्रदर्शनमा आएको १४ दिन भइसकेको छ र घरेलू बक्सअफिसमा यो फिल्मले २ सय ८० करोडको आँकडा पार गरेको छ ।

‘वार’ को यो आँकडा हिन्दी, तेलुगू र तमिल तीन भाषा मिलाएर हो । यो फिल्म अहिलेसम्मकै सबैभन्दा धेरै कमाउने फिल्मको टप टेनको लिस्टमा पनि सामेल भएको छ । यसले शाहिद कपूरको फिल्मलाई पछाडि पार्दै यो स्थान हासिल गरेको हो । यसअघि २ सय ७८ करोडको कमाईसँगै ‘कबीर सिंह’ दशौं नम्बरमा थियो । यो लिस्टको पहिलो नम्बरमा ‘बाहुबली’, दोस्रोमा ‘दंगल’ र तेस्रोमा ‘सञ्जू’ छ ।

सबैभन्दा धेरै कमाउने बलिउड फिल्मको चौथो नम्बरमा आमिर खानको ‘पीके’ छ । भने, पाँचौ नम्बर सलमान खानको ‘टाइगर जिन्दा हे’ ले कब्जा गरेको छ । सलमानकै फिल्म ‘बजरंगी भाइजान’ छैटौं नम्बरमा रहँदा रणवीर सिंह र दीपिका पादुकोणको फिल्म ‘पद्मावत’ सातौं नम्बरमा विराजमान छ । आठौं नम्बरमा सलमानको ‘सुल्तान’, नवौं नम्बरमा आमिरको ‘धूम ३’ र दशौं नम्बरमा ‘वार’ उक्लन सफल भएको छ ।

सिद्धार्थ आनन्द द्वारा निर्देशित फिल्म ‘वार’ ले आफ्नो पहिलो दिन ५३ करोड ३५ लाखको व्यापार गरेको थियो ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *