अस्पताल खाली, संक्रमित घरमै

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

कोरोनाबाट संक्रमितहरुलाई अस्पतालमा भर्ना नगरी घरमै आइसोलेट गर्दा महोत्तरीमा कोरोना संक्रमणको उच्च जोखिम बढेको छ ।

कोरोना व्यवस्थापन समतिको लापर्वाहीको कारण संक्रमितहरुलाई घरबाट अस्पताल भर्ना गराउन चासो नदिएपछि संक्रमणको जोखिम बढेको हो । ७५ जनामा संक्रमण पुष्टि भएकामध्ये ४९ जनामात्र अस्पतालमा भर्ना भए तर २६ जनालाई आइसोलेसनमा लगिएन ।ती मध्ये कतिपय घरकै आइसोलेसनमा बसेका छन भने केही सम्पर्कविहीन छन ।संक्रमितलाई आइसोलेसनमा राख्ने शय्याको अभाव देखाउदै कोरोना व्यवस्थापन गर्ने टोलीले घरमै आइसोलेसनमा बस्न चाहनेलाई गोप्य तरिकाबाट अनुमति दिने गरेको छ । उनीहरूलाई स्थानीय तहका चिकित्सक र स्वास्थ्यकर्मीले निगरानी गर्नुपर्ने भए पनि अधिकांशलाई निगरानी नगरिएको पाईएको छ ।

जिल्लामा आफ्नै घर (छुट्टै टवाइलेट र बाथरुम प्रयोग गर्न मिल्ने) भएका र होम आइसोलेसनमा बस्न चाहनेलाई घरमै राखिएको छ । तर कसैको घरमा त्यो व्यवस्था नभएकाले झन जोखिम बढाएको हो ।संक्रमितलाई आइसोलेसनमा राख्ने जति पनि अस्पताल छन सबै खाली भएपनि संक्रमितलाई घरमै आइसोलेसनमा राख्ने गेका छन ।

जिल्लामा संक्रमण देखिएकालाई जिल्ला अस्पताल,पिपराअस्पताल बर्दिवास जनसेवा अस्पताल र सेना पुतना अस्तलाल ल्याउने गरिएको छ । १ सय शयया जिल्ला अस्पतालमा नेपाली सेनाका १६ जना जलेश्वर नगरपालिका १७ जनाकर्मचारी र ७ जना सर्वसाधारण्न गरी ४० जना भर्ना भएका छ । रणभिम गण पर्कौलीका ९ जना नेपाली सेनाको उपचार प्रदेश २ का मध्यपूर्वी पृतना किसाननगरको आईसोलेशन भईरहेको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *