अस्पतालले समयमा उपचार नगर्दा जनकपुरमा एकजना विरामीको मृत्यु

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

अस्पतालले समयमा उपचार नगर्दा जनकपुरमा एकजना विरामीको मृत्यु भएको आफन्तले आरोप लगाएका छन । धनुषाको सबैला नगरपालिका–२ का ३२ वर्षीय प्रमोदकुमार महतोको प्रादेशिक अस्पतालमा उपचार नपाउदा मृत्यु भएको आफन्तले दावी गरेका हुन ।

स्वासप्रस्वासको समस्या देखिएपछि अस्पताल पुगेका प्रमोदको स्वास्थ्यकर्मीले समयमा डायलासिस नगर्दा थप उपचारका लागि धरान लैजादै गर्दा बुधबार वाटोमै मृत्यु भएको पिता जोगेन्द्र महतोले जानकारी दिएकाहुन । धरान लैजाँदै गर्दा सिरहाको गोलबजार नपुग्दै उनको ज्यान गएकोे हो ।

मृगौलाको डायलासिस गराउन प्रादेशिक अस्पताल पुगेका उनलाई चिकित्सकले बेवास्ता गरेको परिवारको आरोप छ । अस्पताल प्रशासनले भने बिहीबार एक विज्ञप्ति जारी गर्दै बिरामीको उपचार सम्बन्धि कुनै कागजात नरहेपनि चिकित्सकले उपचार सेवा दिएको दावी गरेको छ । थप परीक्षण गर्न आग्रह गरेपछि जानकारी नै नदिइ विरामीलाई अन्यत्र लगेको पनि अस्पतालले जनाएको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *