अस्पतालको यो कस्तो व्यवहार ? कोरोनाको आशंका गरिएका बिरामीलाई उपचार कक्षमा प्रवेश नै दिएन

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

चीनको ताक्लाकोटबाट भागेर हुम्ला आएका सिमकोट गाउँपालिका–३ का २७ वर्षीय धर्माज्ञाल्जन लामालाई फागुन २२ गते जिल्ला सदरमुकाम सिमकोटको जिल्ला अस्पतालमा पुराइएको छ । नाम्खा गाउँपालिकाको मुचुबाट तीन दिनको पैदल यात्रा गरि घोडामा चडाएर ल्याएका बिरामी लामालाई कोरोना भाइरस भएको आशंका गरेपछि जिल्ला अस्पतालमा उपचार गर्नुको सटटा उपचार कक्षा भित्रनै प्रवेश गर्न नदिएको आफन्त दावा लामाले गुनासो गर्नु भएको छ ।

उहाँका अनुसार मुचुबाट जिल्ला अस्पतालमा पुराएका विरामी लामालाई दुई घण्टा भई सक्दा पनि जिल्ला अस्पतालका कर्मचारी र जिल्लाका अन्य सरोकावाला निकायले ध्यान नदिएको बताउनु भयो ।

मुचुमा राख्दा गिरिनहाउसमा राखेका थिए भने जिल्ला सदरमुकाममा विरामी चिसोले मर्न लाग्दा समेत भित्र लिन नदिई बाहिर चौरमै राखेको लामाले आरोप लगाएका छन् ।

यतिखेर विरामीको अवस्था गम्भीर देखिदा पनि जिल्लाका सरोकारवाला निकायले कुनै चासो नदेखाएको आफन्तको गुनासो छ । विरामीलाई मुचुबाट वेलुका ७ वजे पराएता रातीको ९ वज्दा समेत औषधि र बस्नेवास समेत व्यवस्था नगर्दा आफन्त आक्रोसित देखिएका छन् ।

उपचारथ कक्षाकोठाको माग गर्नका लागि विभिन्न ठाउँहरुमा पहल गरि सकेपछि मात्र भरखरै बन्दै गरेको जिल्ला अस्पतालको नयाँ भवनमा राख्ने सल्लाहा गरेको आफन्तको भनाई छ ।

२ घण्टा सम्म विरामीलाई यस्तो हिमपात भई रहेको चिसोमा भित्र किन नलिएको भन्दा जिल्ला अस्पतालकी सिनियर अनमी सरिता बोहराले भन्नु भयो यतिखेर जिल्ला अस्पतालमा विरामीको घुईचो भएकोले व्यवस्ता तिर लाग्दा अलि केही ढिलाई भएको हो ।

जिल्लाको एक मात्र १५ सैयाको वेड रहेको अस्पतालमा विरामीको संख्यामा अधिक्तम रहेकाले नयाँ भवनमा राखेर उपचार गर्नु पर्ने अनमी बोहराले बताउँनु भयो । खुट्टा,शरीर र मुखमा ठुलो विराम देखिएका विरामीको हुम्लामा उपचार हुन नसक्ने सम्भावना रहेकाले तत्कालै जिल्ला बाहिर रिफर गर्ने जिल्ला अस्पतालका डाक्टर नविन रोकायाले बताउनु भयो ।

सो विरामी लामा ०७६ फागुन १७ गते चीनको ताक्लाकोट हुँदै हुम्लाको नाम्खा गाउँपालिका–५ को हिल्साबाट ५ हजार मिटर अग्लो नारालेकको हिउँ छिचोल्दै आएका थिए ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *