असोज १९ बाट तातोपानी नाका खोल्ने सहमती

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

नेपाल र चीनसँगको प्रमुख व्यापारिक तातोपानी नाका असोज १९ बाट सुचारु हुने भएको छ । मंगलबार दुई देशका अधिकारीबीच मितेरी पुलमा बसेको बैठकमा असोज १९ (अक्टुबर ५) बाट सुचारु गर्ने सहमति भएको हो ।

सिन्धुपाल्चोकको जम्बु बजारमा २५ असारमा पहिरो गएपछि नाका पूर्ण रुपमा बन्द छ । नेपालमा कोरोना संक्रमण तीव्र रुपमा बढेसँगै नाका खुल्न सकेको थिएन । बैठकमा चीनको तर्फबाट डेपुटी जनरल डाईरेक्टर, डेपुटी डाइरेक्टर अफ कमर्स, चिनिया भन्सार प्रमुखलयागत उच्च अधिकारीहरु संलग्न थिए । नेपालका तर्फबाट प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल, तातोपानी भन्सार प्रमुख लालबहादुर खत्री, सुरक्षा निकायका प्रमुखहरु छलफलमा सहभागि भएका थिए ।

बैठकमा चीनतर्फबाट आएका सामान लिपिङ पुलमा अनलोड गर्ने र नेपाल तर्फका मजदुर तथा चालक गएर ती सामान लोड गरेर ल्याउने सहमति भएको छ । त्यसका लागि नेपालका तर्फबाट २ समूह बनाई सामान भित्र्याउनेछ । एक समूहमा चालक, सहचालक र मजदुर गरी २५ जना र अर्को समूहमा २८ जनाको टोली रहने जनाईएको छ । पहिलो समूहको पीसीआर गरेर तयारी अवस्थामा राखिएको छ । चिनियाँ पक्षले थप अर्को २८ जनाको समूह तयारी अवस्थामा राख्न भनेको तातोपानी भन्सार प्रमुख लालबहालुर खत्रीले बताए । खत्रीका अनुसार यसअघि जाँच गरिएका पहिलो समूहका सबैको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । नाकामा खटिने चालक र मजदुरको ५-५ दिनमा कोरोना परीक्षण चीनले नै गर्नेछ ।

असोज १९ बाट चिनिया भन्सारमा रोकिएका मालबाहक कन्टेनरका सामान नेपाल भित्रनेछन् । त्यो सँगै नजिकिएको चाडपर्वका लागि चाहिने अत्यावस्यक सामग्रीसमेत तातोपानी भन्सारबाट भित्रनेछ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *