अष्ट्रेलियामा दुई दिनमा तीन नेपालीको मृत्यु

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सिड्नीको बेरोरा क्षेत्रमा क्याम्पिङमा गएका दुई जना नेपाली नदीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ।शुक्रबार साँझ पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु भएको हो। चितवनका विशाल सेढाइ र धादिङका रोशन छत्कुल्लीको निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

अर्का एक नेपालीलाई भने हेलिकप्टरबाट उद्धार गरी उपचारका लागि अस्पताल लगिएको छ। गम्भीर अवस्थामा रहेका प्रदीप पाण्डेको भने उपचार भइरहेको छ।
सिड्नीबाट तीन सय किमी टाढा अरेन्ज सहरमा बिहीबार अर्का एक नेपालीको पनि डुबेर मृत्यु भएको थियो। रूपेन तामाङको तलाउमा डुबेर मृत्यु भएको एनआरएन अष्ट्रेलियाले जनाएको छ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *