अष्ट्रेलियाको समुद्रमा ९० वटा ह्वेल एकैचोटि मरे

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

अष्ट्रेलियाको पश्चिमी समुद्री खाडीमा ठूलो संख्यामा ह्वेल माछाहरु थुनिएपछि उद्धार कार्य सुरु गरिएको छ ।मंगलबार बिहान सुरु गरिएको उद्धार कार्य गम्भीर मोडमा पुगेको बताइएको छ । जब कि, २ सय ७० स्तनधारीमध्ये एक तिहाइ मरिसकेको विज्ञहरुले बताए । अर्थात् कम्तिमा ९० वटा ह्वेल त्यहाँ मरिसकेको विज्ञहरुको भनाइ छ ।

उनीहरुका अनुसार सोमबारदेखि तीन वटा क्षेत्रमा ह्वेलहरु थुनिएका थिए । समुद्री संरक्षण कार्यक्रम जिवविज्ञ क्रिस क्यार्लोनका अनुसार ती तीन क्षेत्रमध्ये एक ठाउँका ह्वेल मरेका हुन् । उद्धारका लागि ६० जना उद्धारकर्ता खटिएका छन् । तर जुन काम जटिल र सुस्त हुने बताइएको छ ।

उक्त उद्धारकार्य अझै केही दिन लाग्नसक्ने क्रिसको भनाइ छ । तास्मानियाको टापुमा यसरी ह्वेल थुनिने घटना पहिलो हैन । तर एक दशकमा १ सय ५० भन्दा धेरै जनावर थुनिएको घटना भएको थिएन । पाइलट ह्वेल जाति सामाजिक र मानवीय गुण भएको जलचर मानिन्छ । यसरी एकै चोटि ठूलो संख्यामा समुद्री जीवको मृत्यु हुँदा वातावरणीय असर पर्नसक्ने भन्दै विज्ञहरु चिन्ता प्रकट गर्छन् ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *