अश्लील भिडियो शूट गरेको आरोप पुनम पाण्डेमाथि एफआईआर दर्ता

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

बलिउड कलाकार पुनम पाण्डेका कारण गोवा तातेको छ । उनीविरुद्ध गोवाको महिला विंग पार्टीले प्रहरीमा एफआईआर दर्ता गरेको हो ।

हालै पुनम एक भिडियो छायांकनका लागि गोवा पुगेकी थिइन् । पुनम मुम्बई फर्किसकेपछि उनीमाथि अश्लील भिडियो छायांकन गरेको भन्दै उजुरी परेको हो ।

गोवाको कनाकोना प्रहरी स्टेशनमा एक अज्ञात व्यक्तिविरुद्ध एफआईआर दर्ता गरेको समाचार एजेन्सी एनएनआईले जनाएको छ ।

अज्ञात व्यक्तिमाथि आरोप छ कि, ती व्यक्तिले पुनमा अश्लील भिडियो खिचेका थिए । यसका अलावा गोवा फरवार्ड पार्टीकी महिला विंगले अश्लील भिडियो शूट गरेको विषयमा उजुरी दर्ता गराएको हो ।

यसअघि पुनमले गोवामा श्याम बम्बेसँग बिहे गरेकी थिइन् । त्यसको केही दिनमै उनले पतिविरुद्ध कुटपिटको उजुरी दिएकी थिइन् । एजेन्सी

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *