अविरल वर्षासंग आएको बाढीले धादिङमा पक्की पुल बगायो,काठमाडौंसम्म हुने आवातजावत अबरुद्ध

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

अविरल वर्षासंगै आएको बाढीले धादिङमा पक्कीपुल बगाएको छ । त्यसैगरि अविरल बर्षासंगै आएको बाढी र पहिरोले पृथ्वी राजमार्ग अन्र्तगत धादिङ खण्डको आधा दर्जन स्थानमा सडक समेत अवरुद्ध भएको छ।चितवनबाट धादिङ प्रवेश गर्ने पृथ्वी राजमार्गको विन्दु मोवाखोलाको पुल बाढी र पहिरोले क्षति पुर्‍याएको छ ।

बाढीले पुलछेउको जमिनको भागमा भत्काउँदा आवतजावत ठप्प भएको छ। पुल भत्किएपछि पृथ्वीराजमार्ग हुँदै काठमाडौंसम्म हुने आवातजावत अबरुद्ध भएको छ। चितवन र धादिङको सीमामा रहेको मौवा खोलाको पुल भत्कीएसँगै सवारी आवत जावत ठप्प भएको हो।अविरल वर्षा र बाढीका राजमार्गको धादिङ खण्डमा मात्र ६ स्थानमा क्षति पुगेकोले यातायात संचालन समेत अबरुद्ध भएको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *