१९१ जना यात्रु बोकेको विमान ‘रनवे ‘बाट चिप्लीदा भयो दुइ टुक्रा,१७ जनाको मृत्यु

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

भारतको केरलामा एयर इन्डियाको ‘बोइङ् सेभेन थ्री ७३७’ विमान दुर्घटनाग्रस्त हुँदा विमान चालकसहित कम्तीमा १७ जनाको मृत्यु भएको छ २१ जना घाइते भएका छन् । संयुक्त अरब इमिरेट्सको दुबईबाट केरलाको कोजिकोटस्थित अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गर्नेक्रममा धावनमार्गमा चिप्लिएर उक्त विमान दुर्घटनाग्रस्त भएको हो ।

एयर इन्डियाको सो विमान दुई टुक्रामा विभाजित भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यद्दपि, विमानमा आगो भने नलागेको बताइएको छ । केरलामा दुई दिनदेखि अत्यधिक वर्षा भइरहेका कारण विमान अवतरण गर्ने क्रममा चिप्लिएको अनुमान गरिएको छ । विमानमा एक सय ९१ यात्रु सवार रहेको केरलाका अधिकारीहरुले बताएका छन् । जसमध्ये १० बालबालिकासहित १ सय ८४ जना यात्रु र सात चालक दलका सदस्य रहेको बताइएको छ ।

‘बन्दे भारतम्’ उडान अर्थात कोरोना भाइरसको संक्रमणका कारण दुबईमा फसेका भारतीयलाई उद्दार गरेर भारत ल्याउने क्रममा विमान दुर्घटना भएको हो । यसैबीच प्रधानमन्त्री नरेन्द्र मोदीले केरलाका मुख्यमन्त्रीसँग टेलिफोन वार्ता गरेका छन् । उनले उद्दार र व्यवस्थापनमा कुनै कमी हुन नदिन निर्देशन दिएको बताइएको छ । त्यसलगत्तै गृहमन्त्री अमित शाहले एक ट्विट गर्दै सान्त्वना प्रकट गरेका छन् ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *