अर्थमन्त्री खतिवडाको बोली फेरियो !

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

अर्थमन्त्री डा. युवराज खतिवडाले राजश्व उठाउनका लागि व्यवसायीलाई डण्डा लगाएर त्रासमा नराख्ने बताएका छन् । ६८ औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा आयोजित कार्यक्रममा अर्थ मन्त्री खतिवडाले व्यापार घाटा कम हुँदा राजश्व घटेको तर सरकार व्यवसायिलाई डण्डा लगाएर राजश्व असुल्ने पक्षमा नरहेको स्पष्ट पारे । उनले भन्सार राजश्व मै केन्द्रीत भएर अर्थतन्त्र लामो समय सम्म चल्न नसक्ने बताए ।

अर्थमन्त्री खतिवडाले विदेशी मुद्रा सञ्चितिमा दक्षिण एसियामै राम्रो रहेको र पछिल्लो समय बैंक ब्यजादर पनि तल रहेकोले अर्थतन्त्रमा कुनै समस्या नदेखिएको बताए । उनले राजश्वमुखि भन्सार प्रणालीमा गुनासो आएकाले त्यसलाई सुधार गर्न मुलुकभित्र लागनी वृद्धि गरी उत्पादन बढाउने र निर्यात बढाउने लक्ष्य सरकारले राखेको बताए ।

अर्थमन्त्री खतिवडाले मुलुकमा लगानीमैत्री वातावरण निर्माण गर्ने र त्यसको आधारबाट औद्योगीकरणको प्रकृया अगाडि बढाउने र सरकारको आय भन्सारमा केन्द्रीत नभई आन्तरिक आयमा केन्द्रीत गराई मुलुकलाई सवल सुदृढ अर्थतन्त्र तर्फ लैजाने भएको समेत बताए ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *