अर्घाखाची बस दुर्घटनामा मृत्युहुनेको सख्या १८ पुग्यो

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

अर्घाखाँची ११ मंसीर – अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्वर ६ नरपानीमा आज बेलुका भएको बस दुर्घटनामा १८ जनाको मृत्यु भएको छ । दुर्घटनामा १३ जना घाइते भएका छन । सन्धिखर्कबाट बुटबलकालागि दिउसो साढे १ बजे छुटेकोे लु २ ख २१४८ नम्वरको बस नरपानी बजार नजिकैको घुम्तीमा दुर्घटना भएको हो ।

दुर्घटनामा १७ जनाको घटनास्थलमै र एक जनाको उपचारकालागि लैजादै गर्दा मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी विष्णुराज वेल्वासेले बताए । मृत्यु हुनेमा ११ जना पुरुष र ७ जना महिला रहेको सहायक प्रमुख जिल्ला अधिकारी वेल्वासेले बताए ।दुर्घटनामा १३ जना घाइते भएका छन ।

घाइते मध्ये ११ जनालाइ उपचारकालागि प्रादेसिक अस्पताल बुटबल र २ जनालाइ जिल्ला अस्पताल सन्धिखर्क पठाइएको शसस्त्र प्रहरी बल अर्घाखाँचीका प्रहरी नायव उपरिक्षक माधब रेग्मीले बताए ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *