अर्घाखाँचीमा कार दुर्घटना,एकै परिवारका ३ जनाको मृत्यु ,२ जना घाइते

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सन्धिखर्कको नरपानीमा बुधबार विहान भएको कार दुर्घटनामा एकै घरका ३ जनाको मृत्यु भएको छ । २ जना घाइते भएका छन ।
गोरुसिङ्गे–सन्धिखर्क सडकखण्डको नरपानीमा बुधबार विहान बा १७ च ६९१७ नम्बरको कार दुर्घटना हुँदा एकै घरका ३ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका प्रहरी नायव उपरिक्षक प्रकाश बिष्टले बताए ।

दुर्घटनामा २ जना घाइते भएका छन । कार रुपन्देहीको सैनामैनाबाट सन्धिखर्क आउँदै थियो । मृत्यु हुने र घाइते हुने सबै एकै परिवारका रहेका छन् । घटनामा रुपन्देहीको सैनामैना नगरपालिका वडा नम्वर २ मुर्गियाकी ८० बर्षिय दुर्गादेवी खड्का, उनका छोरा ४३ बर्षिय भक्तबहादुर खड्का र अर्का छोरा ३९ बर्षिय तिलबहादुर खड्काको घटनास्थलमै मृत्यु भएको हो ।
घाइते हुनेमा चालक ४९ बर्षिय गंगावहादुर खड्का र निजका जेठो दाजुका छोरा २५ बर्षिय विनोद खड्का रहेका छन । घाइतेहरुको प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा उपचार पछि थप उपचारकालागि वुटवल पठाइएको छ ।

कार सडकबाट करिव एक सय ५० मिटर तल खसेको छ । ओरालो बाटोमा तिब्र गतिका कारण दुर्घटना भएको प्रारम्भीक अनुसन्धानबाट देखिएको जिल्ला ट्राफिक प्रहरी कार्यलय अर्घाखाँचीले बताएको छ ।

,एकै परिवारका ३ जनाको मृत्यु ,२ जना घाइते

(Visited 2 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *