अर्घाखाँचीका पाँच स्थानीय सरकार कोरोनामुक्त

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

अर्घाखाँचीका पाँच वटा स्थानीय सरकार कोरोनामुक्त स्थानीय सरकार बनेका छन् । सबै कोरोना संक्रमित निको भएर घर फर्किएपछि पाँच स्थानीय सरकार कोरोनामुक्त बनेका हुन् ।

जिल्ला सदरमुकाम रहेको सन्धिखर्क नगरपालिका, सितगंगा नगरपालिका, पाणिनि गाउँपालिका, छत्रदेव गाउँपालिका र मालारानी गाउँपालिकामा रहेका सबै २ सय १८ कोरोना संक्रमित निको भएर घर फर्किएको अर्घाखाँची अस्पतालका प्रमुख कपिल गौतमले बताउनु भयो ।

अहिले भुमिकास्थान नगरपालिकामा मात्र २ जना कोरोना संक्रमितहरु रहेको सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले जानकारी दिनु भयो । जिल्लामा कोरोना संक्रमितको संख्या ३ सय २९ रहेकोमा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मालारानी गाउँपालिकाका १ जना, भुमिकास्थान नगरपालिकाका १ जना र सितगंगा नगरपालिकाका एक जना रहेका छन् ।

सन्धिखर्क नगरपालिकाका ४४ जना, सितगंगा नगरपालिकाका ६५ जना, भुमिकास्थान नगरपालिकाका १ सय ६ जना, मालारानी गाउँपालिकाका ६७ जना, पाणिनि गाउँपालिकाका १४ जना र छत्रदेव गाउँपालिकाका २८ जना गरी ३ सय २४ जनाले कोरोना रोग जितेर घर फर्किएको जिल्ला स्वास्थ्य कार्यलय अर्घाखाँचीका जन स्वास्थ्य निरिक्षक गणेशराज पौडेलले बताउनु भयो । जिल्ला बाहिर तथा भारतबाट आएका १ सय ५८ जना विभिन्न क्वारेन्टाइनमा रहेका छन् ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *