अरुण नदीमा बेपत्ता ६ जनाको खोजी गर्न गोताखोर टोली संखुवासभामा

qकाठमाडौं, अरुण नदीमा खसेको बोलेरो जिपमा सवार बेपत्ताको खोजीका गर्नकालागी गोताखोरको टोली संखुवासभा पुगेको छ।
संखुवासभाको धर्मदेवी नगरपालिका ८ स्थित खाँदबारी,धनकुटा सडकखण्डको अक्कड भिरमा बिरामी लिएर आउँदै गरेको बोलेरो गाडी अरुण नदीको घुमाउने दहमा बुधबार दुर्घटनामा हुदा चालकसहित ६ जना बेपत्ता भएका थिए।
बेपत्ताको खोजीका लागि काठमाडौंस्थित २० नम्बर विपद् उद्दार उपत्यका गणबाट सशस्त्र प्रहरी वरिष्ठ हवलदारको कमाण्डमा २ जना गोताखोर र २ जना विपद् व्यवस्थापनका सहित ४ जनाको टोली संखुवासभा पुगेको हो।
(Visited 2 times, 1 visits today)