अरुण नदिमा एकै घरका २ सहित तिन बेपत्ता

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

संखुवासभाको खाँदबारी–९ स्थित अरुण नदीको लम्सुवा घाटमा डुबेर २ बालिका बेपत्ता भएका छन्। पौडी खैल्न क्रममा खाँदबारी–९ बस्ने १२ बर्षिया विनिता राई र १० बर्षिया दलकुमारी राई अरुण नदीमा डुबेर बेपत्ता भएको संखुवासभाका प्रहरी निरिक्षक टिका कार्कीले जानकारी दिए। बुधबार दिउँसो १ बजे पौडी खेल्ने क्रममा एकै घरका दुई दिदी बहिनी बेपत्ता भएका हुन्।

चिचिला गाउँपालिका घर भई हाल खाँदबारी नगरपालिका –९ तुम्लिङटार बस्दै आएका थिए। घर देखि पानी लिन लाचे धारा गएका दुई दिदी बहिनी भाईहरु सँग पौडी खेल्न भन्दै बुधबार दिउँसो अरुण नदी पुगेको बताइएको छ। दुई दिदी बहिनीको खोजी नेपाल प्रहरी,ससस्त्र प्रहरी र स्थानियबासीले खोजी गरिरहेको प्रहरी निरिक्षक कार्कीले जानकारी दिए। राई परिवार केही बर्ष देखि चिचिला गाउँपालिका बाट तुम्लिङटार आएका थिए।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *