अरुको के कुरा, वीर अस्पतालकै फार्मेसीले मास्क लुकायो : ४ वटा फर्मलाई ४ लाख ३० हजार जरिबाना

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

काठमाण्डौ – वीर अस्पतालमा रहेको आयूष फार्मेसीले मास्क, सेनिटाइजर लगायतका औषधीजन्य सामग्री लुकाएर कृत्रिम अभाव सिर्जना गरेको पाइएको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको अनुगमनका क्रममा फार्मेसीले मास्क लगायतका औषधीजन्य सामग्री लुकाएर कृत्रिम अभाव सिर्जना गरेको पाइएपछि फार्मेसीलाई २ लाख रुपैयाँ जरिबाना गरेको छ ।

यस्तै विभागले क्षेत्रपाटीमा रहेको आइज्याक हस्पिटेक सपोर्टलाई पनि २ लाख रुपैयाँ जरिबाना गरेको छ । यस्तै क्षेत्रपाटीमा रहेको एस जे मेडिको सर्जिकललाई २० हजार रुपैयाँ र आरएफ फार्मेसीलाई १० हजार रुपैयाँ जरिबाना गरेको छ ।

सामान किनबेच गरेबापतको बिल नभएकोले उनीहरुलाई कारबाही गरिएको विभागले जनाएको छ । कोरोना भाइरसको रोकथामको लागि नागरिकले मास्कको प्रयोग गर्न थालेसँगै बजारमा कृत्रिम अभाव सुरु भएको र विभागले अनुगमन कडा बनाएको महानिर्देशक नेत्रप्रसाद सुवेदीले संचारमाध्यलाई जानकारी दिए।

उनले मेडिकल पसलहरुमा शुक्रबारदेखि अनुगमनमा थप कडाइ गरिने पनि जानकारी दिए । विभागले पछिल्लो ४ दिनमा मेडिकल सप्लायर्समा अनुगमगन गरी ६ लाख ५० हजार जरिबाना तिराएको छ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *