अयोध्यामा हुने भूमि पूजनमा सहभागि हुन जानकी मन्दिरका महन्थ माटो र चाँदीको ईटा सहित भारत प्रस्थान

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

भारतको अयोध्यामा निर्माण भइरहेको राम मन्दिरको भूमि पूजन समारोहमा सहभागि हुन जनकपुरधामको प्रसिद्ध मन्दिर जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव प्रस्थान गरेकाछन् ।अयोध्यावाट जानकी मन्दिरका महन्थलाई भारतबाट विशेष निम्ता दिएको थियो । माता जानकीको माइतीको प्रतिनिधित्व गर्दै महन्थ सरिक भइरहेका छन । मंगलबार विहानै अयोध्याका लागि प्रस्थान गरेपनी उनलाई महोत्तरीको भिठ्ठामोड भन्सारमा प्रहरीले भारत तर्फ जान दिएको थिएन । त्यसपछि प्रशासनको जनकपुर र जलेश्वरमा निकै विरोध भएको थियो ।

जिल्ला प्रशासनले पास उपलब्द गराएपछि मात्र जानकी मन्दिरको महन्थ केही घण्टापछि प्रस्थान गरेका थिए ।भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले राम मन्दिरको शिलान्यास गर्ने बुधवार कार्यक्रम रहेको छ । सो समारोहमा सीमित साधुहरुलाई मात्रै आमन्त्रण गरिएको छ । महन्थले राम मन्दिरको भूमि पूजनका लागि जानकी मन्दिरवाट माटो, पाँचवटा चाँदीको ईटा पनि लगेकाछन् । हाम्रो लागि मात्रै नभई पूरै नेपालीका लागि गौरवको क्षण रहेकाले आफू भूमि पूजनमा सरिक भइरहेको छु महन्थले भने ।

सीताको भगवान रामसंग त्रेता युगमा विहे भएकाले मिथिला र अबधको विशेष सम्बन्ध रहेको छ । प्रत्येक वर्ष रामजानकी विवाहपञ्चमी महोत्सवमा अयोध्यावाट जन्ती जनकपुरधाम आउने गर्छन भने अयोध्याका प्रमुख उत्सवमा जानकी मन्दिरका महन्थ सहभाथि हुने गर्छन ।

बुधवार हुने भूमि पूजन समारोहलाई लिएर जनकपुरधामबासी पनि उत्साहित देखिएका छन । साँझ जनकपुरधाममा दीपावली मनाउने निर्णय गरिएको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *