अमेरिकी विमान निर्माता कम्पनी बोइङको सेभेन थ्रि सेभेन म्याक्स विमान उडानमा फर्कने तयारी गर्दै

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

अमेरिकी विमान निर्माता कम्पनी बोइङको सेभेन थ्रि सेभेन म्याक्स विमानले पुन उडान सुरु गर्ने तयारी थालेको छ । गम्भीर प्राविधिक समस्याका कारण लगातार दुर्घटना भएपछि विश्वव्यापी रुपमा ग्राउण्डेड भएको सेभेन थ्रि सेभेन म्याक्स विमानले पुन आकाशमा फर्कन परीक्षण उडान गर्न लागेको हो ।

नियामक निकायका पाइलट तथा प्राविधिक विज्ञले आजवाट सुरक्षा सम्बन्धी तीन दिने परीक्षण गर्न लागेका हुन । यो परीक्षणमा राम्रो नतिजा आएपनि थप परीक्षणका लागि थप केही महिना लाग्ने बोइङले जनाएको छ । गतवर्ष लगातार दुईवटा दुर्घटनामा ३ सय ४६ जनाको मृत्यु भएपछि सेभेन थ्रि सेभेन म्याक्स ग्राउण्डेड भएको छ । १५ महिनाअघि लायन र इथियोपियन एयरका दुई विमान दुर्घटनामा परेपछि बोइङले ठुलो नोक्सानी ब्यर्होनुपरेको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *