अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका भाइ रोबर्ट ट्रम्पको निधन
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका भाइ रोबर्ट ट्रम्पको निधन भएको छ । उनी ७२ वर्षका थिए । ह्वाइटहाउसले दिएको जानकारीअनुसार उनको आइतबार विहान निधन भएको हो । बिबिसीमा प्रकाशित समाचारअनुसार ट्रम्पले भाइको निधनमा दुःख व्यक्त गर्दै उनी आफ्नो भाइमात्र नभएर निकै मिल्ने साथी भएको विज्ञप्ति जारी गरेका छन् ।
राष्ट्रपति ट्रम्पले न्युयोर्कको अस्पतालमा भर्ना गरिएका भाइ रोबर्टलाई शुक्रबार भेटेका थिए । अमेरिकी मिडियाहरुका अनुसार रोबर्ट निकै गम्भीर बिरामीबाट ग्रसित थिए । तर, उनलाई भएको बिरामी के थियो भन्ने जानकारी बाहिर आएको छैन ।ट्रम्पको कम्पनीका लागि रोबर्टले घरजग्गा कारोबार सम्हाल्ने गरेका थिए ।
न्युयोर्क पोस्टका अनुसार रोबर्ट एक साताभन्दा बढी आइसियूमा उपचार गराइरहेका थिए ।