अमेरिकि राष्ट्रपती ट्रम्प दम्पतीलाई कोरोना संक्रमण पुष्टि

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनकी पत्नी मेलानिया ट्रम्पलाई कोरोना संक्रमण पुष्टि भएको छ । ३१ बर्षिय सल्लाहकार होप हिक्सलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएपछि ट्रम्प दम्पत्ति क्वारेन्टिनमा बसेका थिए । ट्रम्पले ट्विट गर्दै आफूहरू कोरोना परीक्षणका लागि स्वाब दिइसकेको र क्वारेन्टिनमा बस्न लागेको जानकारी दिएको केही समय पछि आएको रिर्पोटमा दम्पतीलाई नै संक्रमण भएकोपुष्टि भएको हो ।

अमेरिकी स्वास्थ्य मापदण्ड अनुसार संक्रमितको सम्पर्कमा आएको व्यक्ति १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने हुन्छ । संक्रमण पुष्टि भएकी हिक्स ट्रम्पसँगै एयर फोर्स वानमा क्लिभल्यान्ड पुगेकी थिइन । उनी बुधबार मिनिसोटामा भएको ¥यालीमा पनि सहभागी भएकी थिइन । क्वारेन्टिन बसाइले राष्ट्रपति निर्वाचन अघि हुन लागेको दोस्रो बहसलाई असर पार्ने देखिएकोे छ । दोस्रो बहस फ्लोरिडा राज्यको मायामिमा अक्टोबर १५ मा हुँदैछ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *