अमेरिकामा शक्तिशाली समुद्री आँधीका कारण लुइजियाना राज्यमा कम्तीमा चारजनाको मृत्यु

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

अमेरिकामा आएको एक शक्तिशाली समुद्री आँधीका कारण लुइजियाना राज्यमा कम्तीमा चारजनाको ज्यान गएको छ।लरा नामक आँधीले पुर्‍याएको क्षति आकलन गर्ने काम भइरहेको बताइएको छ।

आधिसंगै लुइजियानाको एउटा नगरमा रसायन कारखानामा आगलागी भएपछि स्थानीय मानिसहरूलाई सावधान गराइएको छ।आधिले क्षती पुर्याको क्षेत्रमा राष्ट्रपती ट्रम्पले भ्रमण गर्ने भएकाछन् । करिब २४० किलोमिटर प्रतिघण्टा वेगमा आएको हावाहुरीले निकै क्षति पुर्‍याएको छ।

आधिपछि सो राज्यमा पाँच लाख घरपरिवारमा बिजुली आपूर्ति अवरुद्ध भएको छ भने एउटा औद्योगिक रसायन कारखानामा आगलागी भएको छ। तर पहिले अनुमान गरिएजस्तो समुद्री छाल बढेर बाढी भने आएन किनकी आँधी पूर्वतिर लागेको बिबिसीले जनाएको छ । आगलागीपछि स्थानीय बासिन्दाहरूलाई झ्याल बन्द गरेर घरभित्रै बस्न भनिएको छ। छिमेकी टेक्सस राज्यका गभर्नर ग्रेग अबोटले पनि पूर्वानुमान गरिएभन्दा कम असर परेको बताएकाछन्।

आँधी आउनु अगाडि टेक्ससका करिब ४२०,००० बासिन्दालाई घर छाड्न भनिएको थियो भने दक्षिण पश्चिम लुइजियानामा थप २००,००० जनालाई सुरक्षित आश्रयस्थलमा जान भनिएको थियो।

यो काम कोभिड १९ को सङ्क्रमणले थप जटिल बनाइदिएको थियो। टेक्ससको एक आश्रयस्थलमा गएका एरिक डवले रोयटर्सलाई भने हामीलाई सामाजिक दूरी कायम गर्न भनिएको छ। तर आश्रयस्थलमा मैले कसरी सामाजिक दूरी कायम गर्ने ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *