अमेरिकामा विमान दुर्घटना : वालमार्ट सुपरमार्केटमा खस्यो विमान

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

अमेरिकामा विमान दुर्घटना भएको छ । लुजियानाको वालमार्ट मा विमान खसेको जनाइएको छ

विमान दुर्घना हुँदा पाँचजनाको मृत्यु भएको त्यहाँका संचारमाध्यमले जनाएका छन् ।
लुजियानाको लाफायेत्तेमा रहेको वालमार्ट सुपरमार्केटमा विमान दुर्घटना भएको हो ।

दुर्घटना लगत्तै वालमार्ट सुपरमार्केट खाली गरिएको थियो।
विमानमा रहेका एकजना भने जीवित रहन सफल भएका छन् । दुर्घटनाग्रस्त भएर खसेको विमान कारसँग ठोक्किएको थियो ।

कारका ड्राइभर घाइते भएका छन् । विमान खसेपछि ड्राइभर र अन्य गरेर छ जना घाइते भएको बताइएको छ ।

विमानमा आगलागी भएकाले दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ ।

मृत्यु हुनेमा एकजना पत्रकार रहेको जनाइएको छ । मृत्यु हुने खेल पत्रकार कारले म्याकर्ड हुन् ।

दुर्घटना भएको प्लेन डबल इन्जिनको भएको ए बि सी न्युजले जनाएको छ ।

शुक्रवार मात्रै मध्य एसियाली देश काजकिस्तानमा विमान दुर्घटना हुँदा २ दर्जन व्यक्तिको ज्यान गएको थियो ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *