अमेरिकामा गोली चल्दा चार जनाको मृत्यु

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

अमेरिकामा गोली चल्दा चार जनाको मृत्यु भएको छ। गोली लागी एक जना घाइते भएको जनाइएको छ।सिकागोको उत्तरपश्चिम क्षेत्रस्थित एक अपार्टमेन्टमा गोली चलेको अमेरिकी प्रहरीले जनाएका छन्। तीन जना पुरुष र एक महिलाको मृत्यु भएको हो।

सिन्ह्वाका अनुसार विगत १५ वर्षदेखि अपार्टमेन्टमा बस्दै आएका एक जना ६७ वर्षीय निर्माण मजदूरले त्यही अपार्टमेन्टमा रहेका व्यक्तिमाथि शनिबार राति गोली चलाएका थिए।

मारिएका व्यक्तिहरु आफ्नो कोठामा खाना खाइरहेका बखत ती मजदूर जबर्जस्ती भित्र पसेर गोली चलाएको प्रहरीले बताएको छ।

प्रहरीले ती शंकास्पद व्यक्तिलाई पक्राउ गर्नुका साथै उनीसँग रहेको हतियार बरामद गरेको छ। गोली चलाउनुको कारण थाहा हुन सकेको छैन।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *