अमेरिकाको बायोटिक कम्पनी मोडर्नाको भ्याक्सीनको नतिजा उत्कृष्ट, वृद्ध-वृद्धामा पनि एन्टीबडी विकसित !

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ । कोरोना भाइरसका कारण अहिले हरेक दिन जसो लाखौँ मानिसहरु संक्रमित भईरहेका छन् भने हजारौँ मानिसहरुको ज्यान गईरहेको छ ।

गत वर्षको डिसेम्बर अन्तिम साता चीनको वुहान शहरमा पहिलोपटक देखिएको कोरोना भाइरसको संक्रमण अहिलेसम्म विश्वका २१५ वटा देशहमा पुगिसकेको छ ।वैज्ञानिकहरु कोरोना विरुद्धको भ्याक्सीन बनाउन अहोरात्र खटिएका छन् । तर पूर्ण रुपमा सफलता भने हात लाग्न सकेको छैन ।यसैबीच अमेरिकाको बायोटिक कम्पनी मोडर्नाको कोरोना भाइरसविरुद्धको भ्याक्सीनको नतिजा राम्रो आएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् एक स्टडीका अनुसार रिसर्चर्सले कोरोना भ्याक्सीनको नतिजा वृद्धवृद्धा लगायत बच्चाहरुमा समेत यसको नतिजा राम्रो आएको बताएका हुन् ।

रोयटर्सको रिपोर्टका अनुसार उक्त भ्याक्सीनले वृद्धवृद्धामा समेत एन्टीबडीको विकास गरेको पाइएको हो ।न्यू इंग्ल्याण्ड जर्नल अफ मेडिसिनमा भ्याक्सीन सम्बन्धी जोडिएको स्टडी प्रकाशित गरिएको छ । अध्ययनमा ५६ वर्ष देखि ७० र ७१ वर्षसम्ममा मानिस सहभागी थिए ।जसमा एन्टीबडीको विकास भएको पाइएको हो ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *