अमेरिकाका विभिन्न राज्यका संसद भवन अगाडि प्रदर्शनकारी हतियारसहित भेला

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

अमेरिकाका विभिन्न राज्यका संसद भवन अगाडि सानो समूहमा प्रदर्शनकारी भेला भएका छन् । मुलुकभर सुरक्षा व्यवस्था कडा पारिएपनि टेक्सास, ओरिगन, मिसिगन, ओहायो सहितका राज्यका राजधानीमा हतियारसहितका प्रदर्शनकारीहरु राज्य संसद भवन अगाडि भेला भएका हुन् ।

ट्रम्प समर्थक तथा दक्षिण पन्थी अनलाइन नेटवर्कहरुले हतियारसहितको प्रदर्शनका लागि आह्वान गरेका हुन । ओहायोको राजधानी कोलम्बसमा २५ युवाहरु हतियारसहित आइतबार भेला भएको द न्यूयोर्क टाइम्सले जनाएको छ । प्रदर्शनमा सहभागी भएकाहरुले बन्दुक अधिकारको पक्षमा आफूहरुको पूर्व निर्धारित कार्यक्रम अन्तर्गत नै भेला भएको बताएका छन ।

मिसिगनमा राइफलसहितका केही प्रदर्शनकारी भेला भएका हुन् । टेक्सासको राजधानी अस्टिनमा पनि राफलसहितका केही प्रदर्शनकारीले राज्य संसद भवन अघि प्रदर्शन गरेका छन् । जनवरी छ मा वासिङ्गटन डिसीमा रहेको संघीय संसद भवनमा भएको हिंसात्मक आक्रमण तथा प्रदर्शनपछि देशभर सुरक्षा चुनौती बढेको चेतावनी दिइएको छ ।

सो आक्रमणमा एक प्रहरी अधिकारीसहित पाँच जनाको मृत्यु भएको थियो । जनवरी २० मा राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले पद तथा गोपनियताको शपथ लिँदै छन् । शपथ ग्रहणलाई प्रभावित पार्नका लागि देशभर प्रदर्शनको तयारी भएको र हिंसात्मक गतिविधि हुन सक्ने चेतावनी दिइएको छ ।

 

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *