अमानवीय ब्यवहारगेर्न प्रहरीमाथी छानविन हुने

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

ललितपुरको भैंसेपाटीमा एक महिलामाथि प्रहरीले लाठी प्रहार गरेको दृश्य सामाजिक सञ्जालमा भाइरस भएको छ । प्रहरीले लाठी हानेको दृश्यलाई लिएर चौतर्फी आलोचना भएपछि घटनाको छानविनका लागि प्रहरी उपरिक्षक दुर्गा सिंहको नेतृत्वमा समिति गठन गरिएको छ ।


ललितपुरको भैसेपाटीमा बच्चा बोकेकी एक महिलालाई प्रहरीले लाठी प्रहार गरेको भिडियो दुई दिनदेखि सामाजिक सञ्जालमा भाइरल भैरहेको छ ।

ललितपुरको भैंसेपाटीस्थित नेपाली सेनाका पूर्वजर्नेल हेम खत्रीको घरअगाडि प्रहरीले महिलालाई कुटपिट गरेको दृश्य सामाजिक सञ्जालमा भाइरल भएको हो ।

दृश्यमा प्रहरीले बच्चा बोकेकी महिलालाई पछाडीवाट लाठी प्रहार गरेको देखिएको छ ।महिलामाथि प्रहरी प्रभाग भैंसेपाटीमा कार्यरत प्रहरी निरीक्षक देवीप्रसाद पौडेलले लाठी प्रहार गरेका हुन । कुनै महिलालाई पक्राउ गर्नुपरेमा यथासम्भव महिला प्रहरीद्वारा पक्रन लगाउनुपर्ने भएपनि दृश्यमा पुरुष प्रहरीले बल प्रयोग देखिएको छ ।

भिडियो सार्वजनिक भएपछि प्रहरीले अमानवीय ब्यवहार गरेको भन्दै सामाजिक सञ्जालमा ब्यापक आलोचना भएको छ । धेरैले कुटपिटमा सग्लन प्रहरीलाई कारवाहीको माग गरेका छन् ।

मुलुकी फौजदारी कार्यविधि संहिताले कुनै महिलालाई पक्राउ गर्नुपरेमा यथासम्भव महिला प्रहरीद्वारा पक्रन लगाउनु पर्ने व्यवस्था भएपनि प्रहरीले त्यसको उलग्घन गरेको छ । महिला प्रहरी सो स्थानमा भएकै बखत पुरुष प्रहरीले कुटपिट गरेको दृश्यमा प्रष्टै देखिन्छ ।

ललितपुर प्रहरीले भने महिलाहरूले घरमा तोडफोड गर्न थालेपछि प्रहरीले भीड नियन्त्रणमा लिन बल प्रयोग गरेको जनाएको छ । एक महिला खत्रीसँग आफ्नो पुरानो सम्बन्ध रहेको तर उनले आफूलाई श्रीमती नस्वीकारेको भन्दै दलबल लिएर गएपछि सो घटना भएको बताइएको छ । यसअघि पनि महिलाले खत्रीको घरमा पुगेर समय समयमा विवाद गर्ने गरेको प्रहरीको भनाई छ ।।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *