अभिनेता भुवन केसिलाई ‘एभरग्रिन फेसन आइकन’ अवार्ड

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

नेपाली फिल्म क्षेत्रमा सदावहार अभिनेताको रुपमा परिचित भुवन केसिको फेसन समेत लोभलाग्दो हुने गर्दछ । उनको फेसन प्रतिको सजकतालाई अध्यनजर गरेर अवार्ड दिइएको पेजेन्ट नेपाल अध्यक्ष दिक्पाल कार्कीले बताएकाछन् ।

४ दशक भन्दा लामो कलाकारिताको यात्रामा भुवन सधै टिपटप भएर हिँड्ने अभिनेता मध्यमा पर्छन । उमेरले ६० वर्ष नाघिसके पनि उनको फेसन सेन्स भने अहिले पनि जवानको भन्दा कम छैन’ कार्कीले थपे ।पछिल्लो समय फिल्म अभिनय कम र निर्माणमा बढी समय बिताउने गरेका उनी युवास्टार अभिनेता अनमोल केसीका बुबा हुन् ।

फिल्मकर्मी तथा दर्शकहरु माझ पनि ‘फेसन आइकन’ को रुपमा चिनिने उनी केही अगाडि अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहसँगको बिवादका कारण चर्चामा छाएका थिए ।कार्यक्रममा अभिनेता भुवन केसीले अवार्डले आफूलाई अत्यन्त हर्षित र थप उत्साहित बनाएको बताए ।

यसवर्ष भुवनलाई दिइएको अवार्ड गत वर्ष अभिनेत्री करिश्मा मानन्धरले पाएकी थिइन् । कार्यक्रममा पेजेन्ट नेपालले सौदर्य क्षेत्र र फेसन क्षेत्रका करिव तीन दर्जन ब्यक्तिहरुलाई सम्मान गरेको थियो ।

अभिनेता, निर्माता, निर्देशन भुवन केसी ‘एभरग्रिन फेसन आइकन’ अवार्डबाट सम्मानित भएका छन् । सौन्दर्य र फेसन क्षेत्रका ब्यक्तिहरुलाई सम्मान गर्न पेजेन्ट नेपाल इन्टरनेशनले आयोजना गरेको एक कार्यक्रममा भुवन यो अवार्डबाट सम्मानित भएका हुन् ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *