अब ‘हरेक घरः ऊर्जा घर’

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सरकारले ‘हरेक घरः ऊर्जा घर’ अभियान संचालन गर्ने तयारी गरेको छ । बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको २३ औं वार्षिकोत्सव कार्यक्रममा उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले उर्जामा सबैको पहुँच पुर्याउनसो अभियान संचालन गर्न लागिएको जानकारी दिएका हुन । आर्थिक वर्ष २०८०/०८१ भित्र करिव १२ प्रतिशत जनतामा नविकरणीय उर्जाको माध्यामबाट स्वच्छ उर्जामा पहुँच पुर्याउने लक्ष्य अनुसार सरकारले काम गरिरहेको उनले बताए ।

मन्त्री पुनले सरकारले संचालनमा ल्याएको ‘सबैका लागि उर्जा’ अभियानलाई पनि परिणाममुखि बनाउनुपर्नेमा जोड दिए भयो । उनले सरकारले लिएको ‘समृद्ध नेपालः सुःखी नेपाली’ को राष्ट्रिय संकल्पलाई पूरा गर्न पनि वैकल्पिक उर्जाको महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास पनि व्यक्त गरे । कार्यक्रममा उर्जासचिव दिनेश घिमिरेले वैकल्पिक उर्जामा लगानी गर्न सकिए मुलुक आत्मनिर्भर हुने र ग्रामीण जलविद्युतको विकास गरी जीवनस्तरमा सुधार ल्याउन सकिने बताए । कार्यक्रममा नविकरणीय उर्जाको क्षेत्रमा क्रियाशिल विभिन्न संघ, संस्थालाई पुरस्कृत गरिएको थियो ।।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *